Logo

पर्यटन मन्त्री भट्टराईको उद्घोष, हवाई सुरक्षामा कुनै ‘कम्प्रमाईज’ हुँदैन

पर्यटन मन्त्री भट्टराईको उद्घोष, हवाई सुरक्षामा कुनै ‘कम्प्रमाईज’ हुँदैन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले हवाई सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन ।

उनले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको एभिएशन सेफ्टि रिपोर्ट २०१९ को बिमोचन गर्दै सो कुरा बताएका हुन । अधिकांश निजी विमान कम्पनीहरुले समेत समयमै सेफ्टी रिर्पोट बनाउन र बुझाउन निर्देशन दिँदै मन्त्री भट्टराईले सुरक्षामा कुनै कम्प्रमाईज नगर्ने बताए ।

नेपालको भौगोलिक अवस्था र पाईलटको कमजारीले गर्दा दुर्घटनाको दर बढेको भन्दै यसमा विदेशी संघसंस्थाले नेपाललाई कारवाही गर्नु पर्ने कुनै औचित्य नरहेको समेत बताएका छन ।

उनले युरोपियन युनियनले नेपाललाई कालोसुचीमा राखे पनि नेपाली विमान कम्पनीहरुले बजार बढाउँदै लगेको र सुरक्षालाई समेत मध्य नजर गर्दै विगतमा भन्दा राम्रो नतिजा ल्याएको बताएका छन । उनले भने, ‘ईयुको विषयमा अब उनीहरुले होईन हामीले सोध्छौं ।’

प्राधिकरणको रिर्पोट अनुसार १० बर्षको कुल दुर्घटना मध्य ३२ प्रतिशत दुर्घटना ल्याण्डिङ फेजमा हुने गरेको तथ्याङकले देखाएको छ । त्यस्तै टेक अफ १० प्रतिशत, इनिसियल क्लाईम्ब १० प्रतिशत, ईएनरुट ३२ प्रतिशत र एप्रोच १६ प्रतिशत रहेको छ ।

यसरी दुर्घटना हुनुका कारण भने वातवरणबाट निम्त्याएका खतरा १ सय ६, मानविय खतरा २ सय ११, संगठानत्मक खतारा ९१ र प्राविधिक खतरा १ सय ५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL