Logo

निगमकै पक्षमा गर्यो सर्वोच्चले फैसला, हिराचनको रिट खारेज

निगमकै पक्षमा गर्यो सर्वोच्चले फैसला, हिराचनको रिट खारेज



काठमाडौं । नेपाल वायुसेवा निगमको जापान प्रतिनिधि देवमान हिराचनको रिट सर्वोच्चले खारेज गरेको छ । यस अघि जापान प्रतिनिधिबाट हिराचनलाई नहटाउन सर्वोच्च अदालतले हिराचनको पक्षमा जारी गरेको अन्तरिम आदेश खारेज गर्दै उक्त रिट खारेज गरेको हो ।

सर्वोच्च अदालतको बुधबार बसेको इजालशले निगमको पक्षमा फैसल्ला गर्दै हिराचनको रिट खारेज गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश बहादुर चन्दले जानकारी दिएका छन । गत हप्ता हिराचनको पक्षमा भएको अन्तरिम आदेश पुनः बदर गर्न भन्दै निगमले सर्वोच्च अदालतमा दिएको रिट दायरमा निगमकै पक्षमा फैसल्ला भएको हो ।

निगमले केही समय अघि हिराचनलाई प्रतिनिधिबाट हटाएर सन्तोष पाण्डेलाई जापान प्रतिनिधिमा नियुक्त गरेको थियो । पाण्डेलाई नियुक्त गरेपछि हिराचनले आफुलाई अन्याय भएको भन्दै निगमको उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

उनको रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले तत्काल प्रतिनिधि हटाउने, नयाँ एजेन्ट र प्रतिनिधि तोक्ने निर्णय कार्यान्वयन नगर्न र नगराउन निगमलाई आदेश दिएको थियो ।

निगमले जापानको प्रतिनिधिबाट हटाएपछि हिराचनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । केही साताअघि मात्र सर्वोच्चले हिराचनलाई तत्काल प्रतिनिधिबाट नहटाउन अन्तरिम आदेश दिएको थियो । के कारणले हटाइएको हो, कारणसहित अदालतमा हाजिर हुन भनिएको थियो ।

निगमले हिराचनलाई प्रतिनिधिका रुपमा कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै साउन २२ गते बुधबार रिट दायर गरेको थियो । हिराचनलाई एजेन्ट बनाउन नसकिने जवाफ निगमले दिएपछि उनी अदालतमा गएका हुन ।

निगमले हिराचनको ठाउँमा गत असार ३० गते जापानी कम्पनी ‘एआईजे’लाई नियुक्त गरेको थियो ।अहिले जापानका लागि स्टेसन म्यानेजर सन्तोष पाण्डेलाई भने चिफ रिप्रेजेन्टेटिभका रूपमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL