Logo

सरकारको अस्पष्ट नीतिले अन्योलमा पर्यटन ब्यवसायी, सामाजिक सुरक्षा कोषमा सुचिकृति भएनन ३८५० कम्पनी

सरकारको अस्पष्ट नीतिले अन्योलमा पर्यटन ब्यवसायी, सामाजिक सुरक्षा कोषमा सुचिकृति भएनन ३८५० कम्पनी



काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष सम्बन्धी स्पष्ट नीति नल्याउँदा पर्यटन ब्यवसायीहरु अन्यौलमा परेका छन ।

सरकारले बाह्रै महिना काम गर्ने संघ संस्थाहरुको हकमा मात्रै उक्त नीतिनियम ल्याएकाले पर्यटन ब्यवसायीहरु अहिले सम्म उक्त कोषमा जान नसकेको ब्यवसायीहरुले गुनासो गरेका छन ।

युनिट्राभका अध्यक्ष सुमन पराजुलीले बर्षको ६ महिना मात्रै काम गर्ने पर्यटन ब्यवसायीहरुले अहिलेसम्म सामाजिक सुरक्षाकोषमा नगएको भन्दै सो क्षेत्रका मजदुरहरु सामाजिक सुरक्षा खोज्न कहाँ जाने भनेर सरकारसँग प्रश्न गरेका छन ।

उनले नेपालमा २५ हजार ट्रेकिङ गाइड ५ हजार टुर गाइड ४ हजार र्याफ्टिङ गाइड ३ हजार नेचुरल गाइड ५० हजार संख्यामा रहेका पर्यटन सहयोगि श्रमिक सामाजिक सुरक्षा खोज्न कहाँ जाने भन्दै सरकारसँग नीति नियम सच्याउन माग गरेका छन ।

नेपालमा भएको २ हजार ट्रेकिङ कम्पनी १८ सय ट्राभल्स, ५० र्याफ्टिङ कम्पनिले अझै पनि सरकारलाई अटेर गरेर सामाजिक सुरक्षाकोषमा सुचिकृत नभएको भन्दै ति कम्पनीहरुलाई कारवाही गर्न समेत उनले सरकारसँग आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL