Logo

डोलेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने : पर्यटन मन्त्री भट्टराई

डोलेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने : पर्यटन मन्त्री भट्टराई



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले डोलेश्वर क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा सोमबार पुगेका मन्त्री भट्टराईले यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन । उनले यसका लागि आफ्नो तर्फबाट संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमार्फत आवश्यक सहयोग गर्ने बताएका हुन ।

सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू लागि परेको बताए । उनले नगरपालिकाले १० वटै वडामा रहेका शिवालयलाई समेटेर ‘शिव सर्किट’ निर्माण गर्न लागेको समेत जानकारी दिएका छन ।

उनले घ्याम्पेडाँडा, रानीकोट, आशापुरी, नंखेल, काँक्राबारीलगायत क्षेत्रमा होमस्टे (घरबास) देखि भ्यू टावरसमेत निर्माण गरिने जानकारी दिए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL