Logo

सानिमा ग्रूपले संचालनमा ल्यायो होटल अकामा, सेवा सुविधामा २० प्रतिशत छुट

सानिमा ग्रूपले संचालनमा ल्यायो होटल अकामा, सेवा सुविधामा २० प्रतिशत छुट



काठमाडौं । सानिमा ग्रूपले काठमाडौंको धुम्बराहीमा होटल आकामा संचालनमा ल्याएको छ । सानिमा ग्रूपले २ अर्ब ९० करोड रुपैयाँ लगानीमा संचालनमा ल्याएको उक्त होटलमा स्थानीय नेवारी र हिमाली संस्कृतिको स्वाद तथा मौलिक नेपालीको अनुभव गर्न पाउने भएको छ ।

laxmi

१ सय ८ ओटा कोठा रहेको उक्त होटलमा ९० डलर देखी ६ सय डलर सम्मको कोठाहरु उपलब्ध रहेको होटल आकामाले जानकारी दिएको छ । साथै ओपनिङ अफरको रुपमा होटलको रेष्टुँराहरुमा २० प्रतिशत सम्म छुटको ब्यवस्था गरेको होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले जानकारी दिएका छन ।

अन्तरराष्ट्रिय चेन होटलको सेवा सुविधा सहित संचालनमा आएको उक्त होटलले भ्रमण बर्ष २०२० को लक्षलाई सघाउ पुग्ने अपेक्षा लिएको छ । सानिमा ग्रूपले सन २००० मा सानिमा हाईड्रो सुरुवात गरे पछि निरन्तर सानिमा बैंक, सानिमा लाईफ ईन्स्योरेन्स हुँदै होटल सम्म आई पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका हुन ।

उक्त होटलमा स्वीमिङ, पुलबार, जिमलगायतका सेवा समेत रहेको छ । साथै होटलको नौं औं तलामा रहेको चाओबेला रेष्टुँरामा चाईनिज, इटालिएन, इन्डियन कन्टिनेन्टल लगायतका स्वाद चाख्न पाउने छन । साथै सभा सम्मेलनलगायतका लागि ५ सय जना सम्म अटने ब्यवस्थित हल समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL