Logo

सबै ठाउँमा भ्रमण बर्षको लोगो प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह, विज्ञप्ती सहित

सबै ठाउँमा भ्रमण बर्षको लोगो प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह, विज्ञप्ती सहित



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सामाजिक संजालमा भ्रमण बर्षको लोगो प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले आईतबार एक विज्ञप्ती जारी गर्दै सरकारी, गैर सरकारी, निजी कार्यालय तथा ब्यक्तिलाई समेत भ्रमण बर्षको लोगो प्रयोग गर्न आग्रह गरेको छ ।

सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफुले प्रयोग गर्ने सामाजिक संजाल (फेसबुक, ट्वीटर, ईन्स्टाग्राम, वेभसाईट) मा लोगो प्रयोग गर्न आग्रह गरेको हो ।

भ्रमण बर्ष २०२० को यस अभियानलाई सफल बनाउन थप सहयोग, समन्वय र सहकार्यको सरकार सदैब अपेक्षा गर्दछ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL