Logo

निगमको परीक्षण उडानमा मन्त्रालयको करेन्सन, सबै विमानस्थलमा जहाज उडाउन सकिँदैन

निगमको परीक्षण उडानमा मन्त्रालयको करेन्सन, सबै विमानस्थलमा जहाज उडाउन सकिँदैन



काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानलाई ब्यवस्थित गर्नका लागि धमाधम परीक्षण उडान गरिरहेको छ । सडक सञ्जाल पुगेसँगै डेढ दर्जन भन्दा बढी विमानस्थल बन्द भए पछि निगमले पुनः उडान गर्नको लागि परीक्षण उडान गरेको हो ।

तर निगमसँग पर्याप्त मात्रामा जहाज नभएकाले सबै क्षेत्रमा उडान गर्न नसकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन । ‘सबै विमानस्थलमा जहाज पुर्याउन सकिँदैन,’ उनले भने, ‘किन भने हामीले अब ब्यवसायीक बनेर हेर्नु पर्छ, ७ जना बोकेर त हुँदैन ।’

भ्रमण वर्षलाई लक्षित गर्दै निगमले बन्द भएका विमानस्थलहरुमा समेत परीक्षण उडान गरी रहेको छ । निगमले चौरजहारी, ताप्लेजुङमा, रुकुम, भोजपुर, बाजुरा र तुम्लिङटारमा परीक्षण उडान गरिसकेको छ । भने साउन २८ गते फाप्लु र रुम्जाटार परीक्षण उडान गर्ने निगमको योजना रहेको छ ।

नेपालमा एक अन्तरराष्ट्रिय विमानस्थलसँगै ५४ ओटा विमानस्थल रहेका छन । अधिकांश विमानस्थल रहेका जिल्लामा सडक सञ्जालले जोडेसँगै हवाई यात्रा गर्ने यात्रुको संख्या घट्न पुगेको र जसका कारण विमानस्थलहरु बन्द भएको थियो ।

बन्द भएका विमानस्थलहरुको संख्या भने १७ ओटा भन्दा माथी रहेको छ । संचालनमा आएर बन्द भएका विमानस्थलहरु बैतडी, बझाङ, दार्चुला, ढोरपाटन, डोल्पा मसिनेचौर, डोटी, जिरीलगायतका रहेको छ ।

हाल संचालनमा रहेका विमानस्थलहरु भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल लगायत २८ ओटा रहेका छन । आन्तरिक विमानस्थलहरु भने बाग्लुङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा, जनकपुर, जोमसोमलगातका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL