Logo

निगमलाई अघि बढाउन कार्यदल गठन, एक महिना भित्रै प्रतिवेदन आउने

निगमलाई अघि बढाउन कार्यदल गठन, एक महिना भित्रै प्रतिवेदन आउने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयले नेपाल वायुसेवा निगमको समस्या पचिहन गरी समाधानका सुझाव दिन कार्यदल गठन गरेको छ । मन्त्रालयले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पुर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

laxmi

मन्त्रालयले गठन गरेको कार्यदलका सदस्यहरुमा लेखा विज्ञ प्रमोद कर्ण, व्यबस्थापन विज्ञ डिम प्रसाद पौडेल र क्याप्टेन सुधिर समशेर राई, सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन ।

सो समितिले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने तथा वर्तमान वित्तीय अवस्थाको अध्ययन गरी एक महिना भित्रै प्रतिवेदन पेश गर्ने छन ।

कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा निगमलाई के कसरी लैजाने भन्ने विषयमा छलफल गर्ने मन्त्री भट्टराईले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL