Logo

निजगढ विमानस्थललाई हालसम्मकै उत्कृष्ट बनाउने पर्यटन मन्त्रीको घोषणा, गौतमबुद्ध विमानस्थल ४ महिना भित्रै संचालनमा

निजगढ विमानस्थललाई हालसम्मकै उत्कृष्ट बनाउने पर्यटन मन्त्रीको घोषणा, गौतमबुद्ध विमानस्थल ४ महिना भित्रै संचालनमा



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना मध्य १ नम्बरको आयोजना भएको बताएका छन ।

laxmi

उनले सो विमानस्थलको चर्चा सन १९८५ बाट चर्चा सुरु भए पनि चर्चा अनुरुप काम नभएको भन्दै अब आउने दिनमा विमानस्थल निर्माणको कामलाई तिब्रता दिने बताएका छन ।

सो विमानस्थल निर्माणको लागि केन्द्रिय स्तरका शिर्ष नेताहरु, प्रदेश सरकार, स्थानीय सरकारलगायतसँग छलफल गरी कसरी र कुन मोडलमा जाने भनेर छिट्टै टुङ्गो लगाउने समेत भट्टराईले जानकारी दिएका छन ।

साथै उनले सो विमानस्थलको डीपीआर निर्माण गरी २०१९ भित्रै शिलान्यास समेत गर्ने जानकारी दिएका छन । उक्त विमानस्थलको लागत भने मन्त्रालयले लगानी बोर्डसँग छलफल गरी छिट्टै ट्ङ्ग्याउने भएको छ ।

१ नम्बरको आयोजना भएकाले बजारमा आए जस्तो उक्त विमानस्थलको विकल्प नखोज्ने र सोही विमानस्थललाई नै अगाडी बढाउने गरी काम गर्ने मन्त्री भट्टराईको प्रतिबद्धता रहेको छ । उनले समस्याको रुपमा रहेको सो क्षेत्रका टाँगिया बस्तीलाई दुई ओटा मोडालिटिमा लैजाने गरी तयारी भईरहेको समेत जानकारी दिएका छछन ।

त्यस्तै मन्त्री भट्टराईले सो क्षेत्रमा पर्ने रुख कटानका विषयमा समेत हाल सम्म कुनै आधिकारिक तथ्याङ्क नआएकाले जति बजारमा हल्ला चलेको छ त्यो भन्दा कम रुख कटान गरी विमानस्थल निर्माण गर्ने बताएका हुन ।

उनले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको जानकारी दिँदै आउने डिसेम्बर अन्तिम सम्म सो विमानस्थल संचालनमा ल्याउने बताएका छन । पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएको समय भन्दा अगाबै संचालनमा आउने समेत मन्त्री भट्टराईले दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL