Logo

भ्रमण बर्ष र दशै लक्षित आधा दर्जन विमानस्थलमा निगमको परीक्षण उडान, एक महिना भित्रै नियमित गरिने

भ्रमण बर्ष र दशै लक्षित आधा दर्जन विमानस्थलमा निगमको परीक्षण उडान, एक महिना भित्रै नियमित गरिने



काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंलाई लक्षित गर्दै आधादर्जन विमानस्थलहरुमा परीक्षण उडान गरिरहेको छ ।

विगतमा परीक्षण उडान गरे पनि ६ महिना भन्दा बढि उडान स्थगित भए पछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत स्वीकृति लिई पुनः परीक्षण उडान गर्नु पर्ने हुन्छ । सोही अनुरुप हाल निगमको वाई १२ जहाजबाट परीक्षण उडान गरिहेको निगमले जानकारी दिएको छ ।

सोही अनुरुप निगमले आन्तरिक पर्यटक तथा दशैं लक्षित ६ वटा विमानस्थालमा परीक्षण उडान गर्दै आएको छ । जसमा चौरजहारी, ताप्लेजुङ, तुम्लिङटार, रुकुम, भोजपुर र बाजुरामा परीक्षण उडान भइरहेको छ ।

निगमले चौरजहारी र ताप्लेजुङमा शनिबार परिक्षण उडान गरिसकेको छ भने रुकुम र भोजपुरमा आज गरिने भएको छ । साथै अन्य बाँकीमा भने सोमबार उडान परीक्षण गर्ने तयारी गरी रहेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिएका छन ।

निगमले अन्तरराष्ट्रिय उडान विस्तारसँगै आन्तरिक उडानलाई समेत ब्यवस्थित गर्ने उद्देश्यले ति क्षेत्रहरुमा परीक्षण उडान गरेको निगमले जानकारी दिएको छ । परीक्षण उडानसँगै अबको एक महिना भित्रमा नियमित उडान गर्ने र भ्रमण बर्ष २०२० लाई समेत सहयोग पुग्ने निगमको विश्वास रहेको छ ।

हाल निगमको वाई १२ जहाज २ ओटा ग्राउण्डेड छ भने २ ओटा वाई १२ जहाजबाट मात्रै आन्तरिक उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL