Logo

पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालिम, ६२ जना सहभागि

पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालिम, ६२ जना सहभागि



काठमाडौं । पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालिम सुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले चिनियाँ भाषाको तालिम दिएको हो ।

laxmi

नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि पोखरामा सुरु भएको सो तालिम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि भएसँगै पर्यटकको बसाइँ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस भनेर पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पोखराको सहयोगमा चिनियाँ भाषाको तालिम सुरु गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले जानकारी दिएका छन ।

आधारभूत र एड्भान्स गरी दुई सत्रमा कक्षा सञ्चालन गरिएको र आधारभूतमा ४१ र एड्भान्समा २१ गरी ६२ जना तालीममा सहभागी रहेकाछन । तालिम उद्घाटन गर्दै पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशिराम भण्डारीले भाषा तालिमबाट पर्यटकसँग गरिने व्यवहारमा सहजता हुने बताउँदै पथप्रर्दशक भनेको बाटो देखाउने मात्र नभई देशको राजदूत बन्नुपर्ने बताएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL