Logo

निगमको जहाजले जापानको नारिता विमानस्थलमा चार्टर उडान गर्दै, पहिलो उडान सेप्टेम्बर २६ मा

निगमको जहाजले जापानको नारिता विमानस्थलमा चार्टर उडान गर्दै, पहिलो उडान सेप्टेम्बर २६ मा



काठमाडौं । नेपाल बायु सेवा निगमको वाईडबडी जहाजले जापानको नारिता विमानस्थलमा चार्टर उडान अनुमति पाएको छ ।

नेपाली जहाजले नारिता शहरमा चार्टर उडान गर्नको लागि सुमेघ टुर्स एण्ड ट्राभल प्रालिसँग सम्झौता गरेको निगमले जानकारी दिएको छ । सम्झौता अनुसार निगमको जहाजले २६ सेप्टेम्बर देखी नारिता विमानस्थलमा उडान भर्नेछन ।

निगमको जहाज र्वाडबडी जहाज २६ सेप्टेम्बरमा नारिता विमानस्थल जाने र २७ मा काठमाडौं फर्कने निगमले जानकारी दिएको छ । त्यस्तै दोस्रो उडान भने अक्टुबर २ तारिकमा काठमाडौबाट उक्त विमानस्थल जाने र ३ तारिक काठमाडौं फर्कने निगमका प्रवक्ता गणेश बहादुर चन्दले जानकारी दिएका छन ।

चार्टरका लागि काठमाडौं नारिता काठमाडौं उडान १४ घण्टा ३० मिनेटको हुनेछ । नारिता विमानस्थलमा निगमको जहाजले उडान भरेसँगै निगमलाई ढोका खुला भएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL