Logo

पर्यटन मन्त्रालयले भन्यो, हामी प्राधिकरणलाई टुक्रयाउन चाहाँदैनौं

पर्यटन मन्त्रालयले भन्यो, हामी प्राधिकरणलाई टुक्रयाउन चाहाँदैनौं



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डय प्राधिकरणलाई नटुक्रयाउने स्पष्ट पारेको छ ।

लामो समय देखी विबादको रुपमा रहेको प्राधिकरणलाई टुक्रयाउने प्रस्ताव गत हप्ता मात्रै मन्त्रिपरिषद्ले पारित गरेपनि मन्त्रालयले भने टुक्रयाउन नचाहेको प्रतिक्रिया दिएको हो । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘इमान्दार रुपमा भन्ने हो भने हामी प्राधिकरणलाई टुक्रयाउन चाहाँदैनौं, नियमन निकाय र सेवा प्रदायक निकायको आन्तरिक कार्य मात्रै छुटयाउन लागेको हौं ।’

तर मन्त्रिपरिषद्ले नियमन र सेवाप्रदायक छुट्याउने प्रस्ताव पास गरे पछि मातहतका निकायमा राय बुझन्का लागि मन्त्रालयले पत्रचार गरिसकेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिएका छन ।

उनका अनुसार मन्त्रालयले प्राधिकरणलाई टुक्रयाउन नचाहे पनि हाल बनेको मस्यौदा कानुन संसदमा पुगेर पास हुँदासम्म कुन स्वरुपमा आउँछ त्यसमा भर पर्नेछ । तर बाहिर हल्ला आएजस्तो प्राधिकरणलाई टुक्राउनलाई सोही अनुरुप दुई ओटा ऐन भने नल्याईने उनले जानकारी दिए ।

उनले भने, ‘हामीले गर्न खोजेको राष्ट्रिय आवश्यक्ता र अन्तरराष्ट्रिय प्रतिवद्धता विषयहरुले जारी गरेको विषय नागरिक उड्डयन क्षेत्रमा हुने नियमन निकायसँग सम्वन्धित काम र सेवा प्रदायक कामको आन्तरिक कार्य मात्रै विभाजन गर्न लागेको हो ।’

नियमक निकाय र सेवा प्रदायक संस्था फरक फरक हुनु पर्ने भन्दै २००९ को अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनको अडिटले औंल्याएको थियो । सोही अनुसार १०१० मा नेपाल सरकार र एडिबीकोबीचमा संस्थागत सुधारको लागि ऋण सहयोगमा सम्झौता समेत भएको थियो ।

हाल नागरिक उड्डयन ऐन एउटा मात्र छ । जसमा विमानस्थल संचालन प्राधिकरणले गर्ने उल्लेख रहेको छ । यसैको आधारमा प्राधिकरणले विमानस्थलहरु संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL