Logo

राष्ट्रिय गौरव आयोजनाको बार्षिक प्रगति ८३ प्रतिशत, पूँजीगत खर्च ६५ प्रतिशत मात्रै

राष्ट्रिय गौरव आयोजनाको बार्षिक प्रगति ८३ प्रतिशत, पूँजीगत खर्च ६५ प्रतिशत मात्रै



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगत निर्माण भइरहेको राष्ट्रिय गौरव आयोजनाहरुको वार्षिक प्रगति सार्वजनिक भएको छ ।

प्राधिकरण अन्तरगत निर्माण भइरहेको सो आयोजनाहरुको आर्थिक बर्ष २०७५/७६ मा ८३ दशमलब ६० प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ६५ दशमलब ७५ प्रतिशत मात्र रहेको छ । आयोजनाले वार्षिक पूँँजीगच खर्च २८ अर्ब ४५ करोड ९१ लाख ६५ हजार ६ सय १८ रुपैयाँ खर्च गर्ने लक्ष राखेकोमा १८ अर्ब ७१ करोड १९ लाख ४३ हजार ४ सय ५६ रुपैयाँ मात्र खर्च गरेको छ ।

आयोजनाले आव २०७५/७६ मा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थलको जग्गाको मुआब्जा वितरण तथा अधिग्रहण कार्य तिब्र गतिमा भईरहेको जानकारी दिएको छ । त्यस्तै गौतम बुद्ध विमानस्थलको भवन निर्माण कार्य शत प्रतिशत सम्पन्न भएको छ भने पोखरा विमानस्थलको लागि यान्त्रिक उपकरणहरु खरिद प्रक्रियामा रहेको छ ।

आयोजनाले गौतम बुद्ध विमानस्थलको परामर्शदाता नियुक्त गरि सेवा प्राप्त गर्ने कुल कार्यको २५ प्रतिशत सम्पन्न गरिसकेको छ भने थप कार्य मूल्याङ्कनको क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

आयोजनाका अनुसार गौतम बुद्ध विमानस्थलको रनवे तथा एप्रोन निर्माण कार्य सम्पन्न गरेको छ भने ट्याक्सी वेको काम ७४ प्रतिशत सम्पन्न भएको जानकारी दिएको छ । त्यस्तै पोखरा विमानस्थलको रनवे तथा एप्रोन निर्माण, ट्याक्सी वेलगायतका कार्य भने २० प्रतिशत भन्दा बढी नभएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL