Logo

नेपाल भित्रने पर्यटकको संख्या १२ प्रतिशतले बढ्यो, ६ महिनामा पौने ६ लाख पर्यटक भित्रिए

नेपाल भित्रने पर्यटकको संख्या १२ प्रतिशतले बढ्यो, ६ महिनामा पौने ६ लाख पर्यटक भित्रिए



काठमाडौं । २०१९ को पहिलो ६ महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा बृद्धि भएको छ । २०१९ को पहिलो ६ महिनामा नेपालमा आउने विदेशी पर्यटकको संख्या ५ लाख ८५ हजार ५ सय ३१ पुगेको छ । जुन अघिल्लो बर्षको सोही अवधिको तुलनामा १२ दशमलव ६ प्रतिशतले बढी हो ।

अध्यागमन विभागका अनुसार सो अवधीमा ४ लाख ९० हजार ५ सय ३४ जना विदशी पर्यटक हवाई मार्गमार्फत नेपाल आएका हुन भने ९४ हजार ९ सय ९७ जना विदेशी पर्यटक स्थलमार्गबाट आएका हुन ।

यस्तै यो बर्षको पहिलो ६ महिनामा भारतबाट आउने पर्यटकको संख्या अघिल्लो बर्षको तुलनामा ७ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । यो बर्षको पहिलो ६ महिनामा भारतबाट नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या १ लाख ३ हजार ४ सय ६१ पुगेको छ ।

यस्तै सार्क राष्ट्रबाट नेपाल आउने पर्यटकको संख्यामा पनि अघिल्लो बर्षको तुलनामा बृद्धि भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार अघिल्लो बर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्न सार्क राष्ट्रबाट नेपाल भित्र्ने पर्यटकको संख्या १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

सार्क राष्ट्रहरुबाट ६ महिनाको अवधिमा नेपाल भित्रने पर्यटकको संख्या १ लाख ४४ हजार ९ सय ५७ जना रहेका छन । यस्तै छिमेकी देश चीनबाट यो बर्षको पछिल्लो ६ महिनामा ८५ हजार ३ सय १८ जना पर्यटक नेपाल भित्रिएका छन । जुन अघिल्लो बर्षको सोही अवधिको तुलनमा १९ दशमलव ५३ प्रतिशतले बढी हो ।

थाईल्याण्ड, दक्षिण कोरिया तथा जापानबाट नेपाल आउने पर्यटकको संख्या अघिल्लो बर्षको पहिलो ६ महिनाको तुलनामा यो बर्षको सोही अवधिमा क्रमशः ३८ दशमलव १५, ५ दशमलव ३४ र १७ दशमलव ९ प्रतिशतले वृद्धि भएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL