Logo

४ ओटा र्याम्प बस खरिद गर्दै निगम, टिआईएबाटै निगमको टिकट

४ ओटा र्याम्प बस खरिद गर्दै निगम, टिआईएबाटै निगमको टिकट



काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रु तथा क्रु मेम्बर बोक्ने ४ ओटा र्याम्प बस खरिदको प्रक्रियालाई अगाडि बढाइएको छ । निगमले उक्त बसहरु आएपछि बिजनेस क्लास र क्रुहरुले छुट्टै बसको सुविधा पाउने तथा अन्य यात्रुहरुलाई समेत थप सुविधा मिल्ने बताएको छ ।

निगमले यही हप्ता भित्रैदेखी विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरुको लागि नयाँ भिआईपी र्याम्प कोच संचालनमा ल्याउने तयारी समेत गरेको छ । भूमिस्थ सेवामा प्रयोग भएका तर पुराना भै प्रयोगमा आउन नसक्ने उपकरणहरुलाई लिलामी गरी ३२ लाख ६४ हजार ४ सय ४४ रुपैयाँ आम्दानी गरेको छ ।

निगमले पुरानालाई विस्थापित गर्दै नयाँ प्रविधियुक्त थप उपकरण जस्तै टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फर्कलिफ्ट, ग्राउण्ड पावर युनिटलगायत खरिद गरेको छ । उक्त उपकरणहरु आएटा मापदण्ड अनुसार भएकाले सेवा समेत चुस्त र दुरुस्त हुनेछ निगमको विस्वास रहेको छ ।

आन्तरिक उडानका यात्रुहरुलाई सहयोग पुर्याउने उद्देश्यले निगमले आन्तरिक तर्फ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) मा समेत टिकट विक्री कक्ष सुरु गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL