Logo

त्रिभुवन विमानस्थल ८ घण्टा पछि संचालनमा, यती एयरको जहाज ह्याङ्गरमा लगियो

त्रिभुवन विमानस्थल ८ घण्टा पछि संचालनमा, यती एयरको जहाज ह्याङ्गरमा लगियो



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ८ घण्टा पछि संचालनमा आएको छ । शुक्रबार विहान ११ बजे यती एयरको जहाज घाँसे मैदानमा चिप्लिए पछि विमानस्थल बिहान ११ बजे देखी सबै उडान बन्द भएको थियो ।

उक्त जहाजलाई घाँसे मैदानबाट सुरक्षित स्थान ह्याङ्गरमा ल्याएको विमानस्थलले जानकारी दिएको छ । उक्त जहाज ह्याङ्गरमा ल्याउन विमानस्थले २ पटक सम्म नोटाम जारी गर्नु परेको थियो ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार भारी बर्षातका कारण जहाजलाई सुरक्षित स्थानमा ल्याउन ढिला भएको जानकारी दिएका थिए । सुरुमा २ बजे सम्मका लागि विमानस्थल बन्द गराएको भए पनि सो समयमा जहाजलाई सुरक्षित स्थानमा ल्याउन नसके पछि ५ बजे सम्मका लागि नोटाम जारी गरेको थियो ।

विमानस्थलले उक्त समयमा पनि जहाजलाई निकाल्न नसके पछि पुनः ७ बजे सम्मका लागि नोटाम जारी गरेको थियो । क्षेत्रीका अनुसार पछाडिको एउटा पांग्रा हिलोमा गाडिएका कारण जहाजलाई निकाल्न लामो समय लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL