Logo

यती एयर चिप्लिए पछि ५ अन्तरराष्ट्रिय उडान डाईभर्ट गरियो, २ बजे पछि मात्रै विमानस्थल खुल्ने

यती एयर चिप्लिए पछि ५ अन्तरराष्ट्रिय उडान डाईभर्ट गरियो, २ बजे पछि मात्रै विमानस्थल खुल्ने



काठमाडौं । यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएपछि अवतरणका क्रममा रहेका अन्य विमान आकाशमै होल्ड हुन पुगेका छन ।

laxmi

शुक्रबार विहान यती एयरको जहाज एटिआर ७२ अवतरणको क्रममा चिप्लिए पछि विमानस्थल बन्द गरीएको थियो । अहिले विमानस्थलबाट हुने सबै अन्तरराष्ट्रिय उडानहरु २ बजे सम्मको लागि स्थगित गरिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार अवतरणको क्रममा रहेका ५ ओटा अन्तरराष्ट्रिय उडानहरुलाई डाइभर्ट गरिएका छन । नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, एअर अरेबिया, चाइना साउदर्नलगायतका जहाज दिल्ली, बनारस, कोलकाता, ल्हासामा डाइभर्ट गरिएको क्षेत्रीले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL