Logo

अविरल बर्षाका कारण आधा दर्जन बढी विमानस्थल बन्द, ४ विमानस्थलबाट मात्रै आन्तरिक उडान

अविरल बर्षाका कारण आधा दर्जन बढी विमानस्थल बन्द, ४ विमानस्थलबाट मात्रै आन्तरिक उडान



काठमाडौं । लगातार ३ दिन देखीको बर्षाका कारण झण्डै एक दर्जन विमानस्थलबाट हुने उडान अवरुद्ध भएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीका अनुसार लुक्ला, भोजपुर लामिडाँडा, फाप्लु, तुम्लिङटार, जनकपुर चन्द्रगढी विमानस्थल बन्द भएका छन ।

त्यस्तै अन्य पश्चिम हिमाली क्षेत्रका सबै विमानस्थलहरु समेत बन्द भएको तिवारीले जानकारी दिएका छन । उनका अनुसार विराटनगर र मोरङ विमानस्थल समेत बन्द भएका छन ।

३ दिन देखी परेको बर्षाले ति विमानस्थलहरु बन्द भए पनि सिमरा, पोखरा, भैरहवा तथा नेपालगञ्ज विमानस्थल भने सुचारु भएको विमानस्थलले जानकारी दिएको छ ।

नेपालगञ्जमा गएराती पानी परे पनि अहिले भने पानी रोकेको र सबै उडान भईरहेको नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL