Logo

रुवी भ्याल्लीको समस्या समाधान, ४ बर्ष पछि मजदुरले पाए पौने २३ लाख

रुवी भ्याल्लीको समस्या समाधान, ४ बर्ष पछि मजदुरले पाए पौने २३ लाख



काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले ४ बर्ष अघि काम गरेबापतको रकम भुक्तानी गरेको जानकारी दिएको छ ।

विगत ४ बर्ष अघि टानका पुर्व अध्यक्ष रमेश धमलाको नेतृत्वले रुवी भ्याल्लीमा नेपाल मार्केट डेभलप्मेन्ट प्रोग्राम (सार्मथ्य) को साझेदारीमा पोटर सेल्टर, गोरेटो बाटो, भ्यू टावर तथा पुल निमार्ण गरेको बक्यौता रकम हाल आएर भुक्तानी गरेको टानले जानकारी दिएको छ ।

टानका सुचना अधिकारी गोपाल श्रेष्ठका अनुसार गणेश हिमाल मनास्लु पर्यटन प्रबर्द्धन अन्तरगत रूबी भ्यालीको मजÞदूरहरूको रकम बितरणको समस्या समाधान भएको हो ।

टान कार्य समितिले उक्त बाँकी बक्यौता रकम १२० जना मजदुरहरूको ज्याला बापतको कुल रकम २२ लाख ७१ हजार ९ सय ११ रुपैयाँ स्थानीय निकायको रोहबरमा भुक्तानी गरेको श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार अहिले १२० जनाको ज्याला भुक्तानी गरे पनि अझै रकम थप हुन सक्ने छ । भुकम्पअघि नै काम सम्पन्न भए पनि २०७२ को भुकम्पले संरचना ध्वस्त भए पछि टानले रकम रोकेको थियो ।

टानबाट सम्झौता बमोजिम पाउनु पर्ने रकम ४ बर्ष वितिसक्दा पनि नपाएको भन्दै गुनासो गरेका स्थानीयले अनन्त आफुले काम गरेको रकम प्राप्त गरेका छन । धमलाको नेतृत्वले स्थानीयलाई काममा लगाई ४ बर्षसम्म कामको ज्याला समेत नपाएको भन्दै रुवी भ्याल्लीका स्थानीयबासीले टानको विरोध गर्दै आईरहेको थियो ।

टानबाट रुवी भ्याल्लीबासीलाई काम गरे बापतको प्रसाशनिक खर्च बाहेक ३५ लाख ८९ हजार ५ सय ६० रुपैयाँ दिन बाँकी रहेकमा २२ लाख ७१ हजार ९ सय ११ रुपैयाँ बुझाई सकेको छ । बाँकी रकम भने थप विबरण आईसके पछि छिट्टै बुझाउने श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL