Logo

हवाई टिकटमा पारदर्शी गर्न मन्त्रालयको निर्देशन, हट्ला त टिकटको कालोबजारी

हवाई टिकटमा पारदर्शी गर्न मन्त्रालयको निर्देशन, हट्ला त टिकटको कालोबजारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई टिकट पारदर्शी बनाउन सम्बन्धीत निकायलाई निर्देशन दिएको छ ।

laxmi

मन्त्रालय अन्तरगत हवाई उद्योग ब्यवस्थापन महाशाखाले एक सुचना जारी गर्दै ट्राभल एजेन्टस तथा जिएसएहरुलाई हवाई टिकटमा पारदर्शी गर्न निर्देशन दिएको हो । एजेन्टहरुले हवाई टिकट जारी गर्दा अपारदर्शी तवरले कुल रकम उल्लेख गर्ने गरेकाले अव उप्रान्त त्यस्तो नगर्न तथा कुन शिर्षकमा के कति रकम लिएको हो भनि स्पष्ट पार्नु पर्ने उल्लेख छ ।

मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख भए बमोजिम सचिवस्तरिय निर्णय अनुसार गर्न वा गराउन सम्वन्धित निकायलाई निर्देशन दिएको हो । यस अघि पनि विभिन्न समयमा विभिन्न समितिहरुले हवाई टिकटमा हुने कालोबजारी हटाउन टिकटमा पारदर्शी बनाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL