Logo

सेफ्टी अडिटको लागि चिनियाँ टोली अर्को हप्ता काठमाडौं आउँदै, प्रतिवेदन आउन ९० दिन लाग्ने

सेफ्टी अडिटको लागि चिनियाँ टोली अर्को हप्ता काठमाडौं आउँदै, प्रतिवेदन आउन ९० दिन लाग्ने



काठमाडौं । नेपाल वायुसेवा निगमको अडिटको लागि २ जना चिनियाँ टोली काठमाडौं आउने भएको छ । निगमका अनुसार नेपालको ‘सेफ्टी अडिट’ को लागि अर्को हप्ता चिनियाँ टोली आउन लागेका हुन ।

चिनियाँ टोलीले अडिट पछिमात्रै नेपाललाई उडान अनुमति दिने भएको हो । यदि उक्त अडिट पछि पनि ईयुकै कारण देखाई उडान अनुमति रद्द गरेमा हाल पठाएका सबै डकुमेन्टहरुलाई बन्द गरी पुन प्रयास गर्ने निगमले जानकारी दिएको छ ।

चिनियाँटोली काठमाडौं आउने भए पछि सोहीअनुसार निगम व्यवस्थापनले पनि एक टोली गठन गरी उनीहरुलाई सहजीकरण गर्ने जिम्मा दिएको छ । धेरैजसो चासो नेपाल वायुसेवा निगमसँग भन्दा बढी नेपाली वायुसेवा उद्योगका सम्बन्धमा रहेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

चिनियाँ टोलीले गर्ने अध्ययनको प्रतिवेदन आउन भने ९० दिन लाग्ने छ । सोही अनसार उडान तालिका पनि ३ महिना पछि धकेलिने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL