Logo

निगममा खरेलको विकल्प खोज्दै सरकार, को आउलान नयाँ अध्यक्ष

निगममा खरेलको विकल्प खोज्दै सरकार, को आउलान नयाँ अध्यक्ष



काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको संचालन तथा व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई परिवर्तन गर्न लागेको संकेत पाए पछि सरकारलाई रिझाउनकै लागि भए पनि खरेलले विदेशी साझेदार भित्र्याउन लागेको निगमका एक उच्च अधिकारीले जानकारी दिएका छन ।

प्रधानमन्त्रीले खरेल प्रति तिब्र असन्तुष्ट ब्यक्त गर्दै निगमले माग गरेको २० अर्ब रुपैयाँमा एक रुपैयाँ पनि नदिने बताएका थिए । जेटएयरवेज बन्द भए पछि निगम नाफामा जानुको सट्टा अझै ऋणमा डुबीरहेको भन्दै उनले निगमलाई एक रुपैयाँ पनि दिन नसकिने बताएका हुन ।

तर निगमका सहप्रवक्त नवराज कोईरालाले भने खरेललाई परिवर्तन गर्न लागेको विषयमा आफूलाई जानकारी नभएको र यस विषयमा बोल्न नमिल्ने बताएका छन ।

अहिले सरकारले सहयोग गर्ने र नगर्ने भन्दा पनि निगमलाई अघि बढाउनकै लागि भए पनि विदेशी साझेदार भित्र्याई निगमको ‘अपरेशन’ र ‘इन्जिनियरिङ’ विभाग विदेशी व्यवस्थापन कम्पनीमार्फत गर्ने तयारी गरेको कोईरालाले जानकारी दिएका छन ।

गत असोजमा कार्यकारी अध्यक्ष बनेका खरेलले त्यसयता निगममा सुधार गर्नुको साटो संस्थानको अवस्था नै नाजुक बन्न थालेपछि प्रम ओलीले विकल्पको बाटो खोजी रहेको निगमश्रोतले जानकारी दिएका छन ।

निगमको जहाजलाई ग्राउण्डेड गर्दै राख्ने र चरम वित्तीय संकटबाट गुज्रिन बाध्य पारेको भन्दै प्रम अलीले विकल्पको बाटो रोजेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL