Logo

सगरमाथा आरोहण रोक्न बैद्यको मौखिक प्रस्ताव, पर्यटन ब्यवसायीको आपत्ति

सगरमाथा आरोहण रोक्न बैद्यको मौखिक प्रस्ताव, पर्यटन ब्यवसायीको आपत्ति



काठमाडौं । भ्रमणबर्षको संघारमा आएर भ्रमण बर्ष सचिवालय संयोजक सुरज बैद्यले सगरमाथाको आरोहण एक बर्षका लागि रोक्नु पर्ने प्रस्ताव पेश गरेका छन ।

उनले सगरमाथा आरोहणमा भएका ट्राफिक जामको विषयलाई लिएर प्रधान मन्त्री केपी शर्मा ओली समक्ष मौखिक प्रस्ताव पेश गरेको सचिवालयका गोपाल अधिकारीले जानकारी दिएका छन । उनका अनुसार कुनै लिखित प्रस्ताव नगएको तर प्रधानमन्त्रीसँग मौखिक प्रस्तावमात्रै गएको हो ।

भ्रमण वर्षकै संयोजकबाट उक्त प्रस्ताव गएको बाहिरिएपछि पर्यटन ब्यवसायीहरुले आक्रोस ब्यक्त गरेका छन । ब्यवसायीहरुले भने यदी प्रस्ताव गएकै हो र कार्वान्व्यन गर्ने हो भने पर्यटन क्षेत्र तहसनहस हुनेछ । तर सगरमाथाको आरोहण एक वर्षको लागि रोक्ने बारे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने बेखबर रहेको छ ।

मन्त्रालयका प्रवक्त घनश्याम उपध्यायले भने भ्रमण बर्षलाई नै आघात हुने गरी सगरमाथा आरोहणलाई रोक्न नमिल्ने बताए । उनले भने, ‘अहिले मन्त्रालयको त्यस्तो कुनै कार्यक्रम छैन र हुने पनि छैन, यदी भयो वा प्रस्ताव आयो भने तपाई हामी सबै बसेर छलफल गरौंला ।’

तर सगरमाथाको आरोहणलाई रोक्न नमिल्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन । नेपालले पर्यटकलाई बिक्री गर्ने भनेको त्यही एउटा सगरमाथा हो त्यो पनि बन्द गराए भ्रमण बर्ष किन मनाउने ?

पर्यटन ब्यवसायी कर्णलामाले भने यदी त्यस्तो हो भने सिंगो पर्यटन क्षेत्रनै तहसनहस हुने बताउँछन । नेपालले हाल सम्म सगरमाथा बाहेक न त लुम्बिनीलाई राम्रोसँग बेच्न सकेको छ न त पशुपतिलाईनै । अहिले सम्म पर्यटन उद्योगमा बेच्न पाएको भनेकै त्यही सगरमाथा हो त्यो पनि एक वर्षको लागि बन्द गराए २०२० मा २० लाख पर्यटक होईन २० हजार पनि आउँदैनन ।

त्यस्तै ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले भने अहिले सम्म आधिकारिक रुपमा उक्त प्रस्ताव कसैले लगेको जानकारी नआएको बताए । उनले भने, ‘यदी कसैले त्यस्तो प्रस्ताव लग्यो भने त्यो उसको मनोबाद मात्रै हुन्छ ।’ सगरमाथा आरोहण रोकेको खण्डमा हजारौं जनाको रोजगारी समाप्त हुन्छ ।

सगरमाथाको आरोहण रोक्नु हुँदैन यदी विधि गलत छ भने त्यसलाई परिमार्जन गरेर जान सकिन्छ तर आरोहण नै रोकेर पर्यटन क्षेत्रलाई बन्दी बनाउनु गलत भएको दाहालको तर्क रहेको छ । होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले भने छलफल गरेरै आएको प्रस्ताव हुन सक्ने जानकारी दिएका छन । तथापि भित्रि कुरा नआए पनि यसले समग्रमा पर्यटन क्षेत्रलाईनै ध्वस्त हुने उनको तर्क रहेको छ ।

उनले भने, ‘२०२० को मे महिनामा म यो हिमालको आरोहण गर्छु भनेर विदेशी पर्यटकले आफ्नो प्लानिङ गरिसकेको हुन्छ । त्यस्तो अवस्थामा नेपालले भने एक बर्षको लागि सगरमाथाको आरोहण रोक्नु गलत हो ।’ सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ ।

सगरमाथामा हरेक वर्ष करीव ६ सय भन्दा बढी आरोहीले आरोहण गर्ने गरेका छन । २०१९ मा ६ सय जना भन्दा बढीले आरोहण गर्दा ट्राफिक जाम भई बढी मात्रामा भारतीको मृत्यु भए पछि उक्त प्रस्ताव पुगेको सचिवालयले जानकारी दिएको छ ।

तर नेपालको इतिहासमा सबै भन्दा बढी २०१३ मा करिब ७ सय भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन ब्यवसायी आङछिरीङ शेर्पाले जानकारी दिएका छन । उनका अनुसार २०१३ पछि १०१९ मा सबैभन्दा धेरै करिब ६ सय जनाले सगरमाथाको आरोहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL