Logo

प्रधानमन्त्री ओलीले भने, अब निगमलाई पैसा दिन सकिन्न

प्रधानमन्त्री ओलीले भने, अब निगमलाई पैसा दिन सकिन्न



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा नेपाल वायु सेवा निगमलाई पैसा दिन नसकिने बताएका छन । निगमको ६१ औं बार्षिकोत्सव कार्यक्रमका बोल्दै प्रधानमन्त्री ओलीले निगमको ऋण तिर्नका लागि निगम आफैले नयाँ ढंगबाट सोचेर काम अघि बढाउनुपर्ने भएकाले सरकारले एक रुपैयाँ पनि दिन नसक्ने बताएका हुन ।

नेपाल वायुसेवा निगमले पछिल्लो समय ३७ अर्ब घाटा बेहोरेपछि सरकारसँग पैशा माग गर्दै आएकोमा प्रधानमन्त्री ओलीले भने पैशा दिन नसकिने बताएका छन ।

सोमबार निगमको बार्षिकोत्सवमा बोल्दै उनले निगमले नै नयाँ तथा ठोस योजना ल्याएर आफ्नो ऋण पुर्ती गर्न निर्देशन दिएका छन । यो बर्ष ऋण तिर्नका लागि निगमलाई पैसा दिए अर्काे वर्ष पनि दिनुपर्ने र यो प्रक्रिया चलिरहने हुनाले यो प्रक्रियाको सुरु नगर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL