Logo

नेपालगञ्ज विमानस्थल व्यस्त, दैनिक २० उडान गर्दै

नेपालगञ्ज विमानस्थल व्यस्त, दैनिक २० उडान गर्दै



नेपाल गञ्जबाट मानसरोवर जाने तीर्थयात्रीका कारण नेपालगञ्ज विमानस्थल व्यस्त बनेको छ ।

मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई भ्याइनभ्याइ छ । तीर्थयात्री ओसार्नकै लागि नेपालगञ्ज विमानस्थलमा ताराका दुई, सीताका दुई, सिम्रिकका दुई र नेपाल वायुसेवा निगमको एक जहाजले दैनिक २० उडान भर्ने गरेको छ ।

सिमकोट विमानस्थलमा सिम्रिक, डाइनेस्टी, फिस्टेल, माउन्टेन एयरका हेलिकप्टरले हिल्सासम्मको उडान भर्दै आएका छन् ।

नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक करीब ४ सय सम्म भारतीय तीर्थयात्री नेपालगञ्जबाट सिमकोट पुग्ने गरेका छन । उनले भने, ‘भारतीय तीर्थयात्रीको चाप बढेको छ । यात्रुको चापका कारण नेपालगञ्जमा जहाज थप्ने तयारीमा छौं ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL