Logo

हायात होटलका मजदुर काममा फर्किए, बन्द होटल संचालनमा आयो

हायात होटलका मजदुर काममा फर्किए, बन्द होटल संचालनमा आयो



काठमाडौं । केहिदिन देखि बन्द भएको हायात होटलका मजदुरहरु काममा फर्केका छन । विभिन्न सुविधाको माग गर्दैै कर्मचारी हरु आन्दोलनमा उत्रेपछि होटल ५ दिनदेखि बन्द थियो । बुधबार श्रम कार्यालयको आदेशका उनीहरु काममा फर्केका हुन ।

laxmi

व्यवस्थापनले पहिले नै भएको सम्झौता अघिल्लो वर्षसम्म पूरा गर्दै आए पनि सन् २०१९ को जनवरीदेखि रोकिदिएकाले मजदूरहरू हड्तालमा उत्रिएका थिए।

कुल ४ सय जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा गर्नका लागि हड्तालमा उत्रिएका थिए । ती सबै आजदेखि काममा फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL