Logo

सगरमाथा आरोहण गर्नेमा भारतीय अगाडी, ६७ जना महिलाले चुमे चुचुरो

सगरमाथा आरोहण गर्नेमा भारतीय अगाडी, ६७ जना महिलाले चुमे चुचुरो



काठमाडौं । यस बर्षको स्प्रिङ सिजनमा सगरमाथा आरोहणमा सबै भन्दा बढी आरोही भारतीय रहेको पर्यटन विभागले जानकारी दिएको छ ।

laxmi

विभागका अनुसार सगरमाथा आरोहणका लागि १ हजार २४ जनाले अनुमति लिएपनि
६ सय ४४ जनाले मात्रै सफल आरोहण गरेका छन । आरोहण गर्नेमा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन् । यस सिजनमा ६१ जना भारतीय नागरिकले सगरमाथाको सफल आरोहण गरेका छन् । यसैगरी दोस्रोमा ५४ जना चिनियाँ नागरिक छन् भने तेस्रो स्थानमा रहँदै ४२ जना अमेरिकन नागरिकले सफल आरोहण गरेका छन् ।

६ सय ४४ जनाले सगरमाथा आरोहण गरेकामा ६७ जना भने महिला रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । जस मध्ये सबैभन्दा बढी चिनियाँ महिला रहेकी छिन । सगरमाथाको सफल आरोहण गर्ने चिनियाँ महिला १८ जना, भारतीय महिला १३ जना र नेपाली महिला ६ जना रहेकी छिन भने अन्य बाँकी देशका रहेका छन ।

अन्य ३ सय ८० जना भने आधार सिविरबाटै फर्केको विभागका निर्देशक मिरा आचार्यले जानकारी दिएकी छिन । आरोहणमा जाने नेपाली सदस्यहरु भने १३ जना भए पनि अन्य सरदार, गाईड र शेर्पा गरी ३ सय ६४ जना कामदारले समेत सगरमाथाको सफल आरोहण गरेको विभागले जानकारी दिएको छ ।

तथ्याङ्क अनुसार ४४ समुह मध्ये ७ ओटा समुह नेपाली र ३७ समुह भने विदेशी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL