Logo

रारा छाँयानाथ घुम्न हेलिकप्टर प्याकेज, प्रति ब्यक्ति शुल्क ३५ हजार रुपैयाँ

रारा छाँयानाथ घुम्न हेलिकप्टर प्याकेज, प्रति ब्यक्ति शुल्क ३५ हजार रुपैयाँ



काठमाडौं । मुगुको रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर, रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न रारा छाँयानाथ हेलिकप्टर प्याकेज सुरु हुने भएको छ ।

हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले जानकारी दिएका छन । उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो सेवा सुरु गर्न लागिएको हो ।

महादेवले सतीदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अंग पतन भएको र विश्वका चार वटा मुख्य धाममध्ये जेठो मानिएकाले पनि यसको विशेष महत्व रहेको छ । हेलिकप्टर यात्रामा ३० मिनेटमै छाँयानाथको दर्शन गरी हिमशृंखलाको अवलोकन गन पाइनेछ ।

यो प्याकेजका लागि प्रतिव्यक्ति शुल्क ३५ हजार रुपैयाँ लाग्ने कार्कीले बताए । भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान विशेष प्राथमिकता दिइ सरकारको ध्यान केन्द्रित गराइने कार्कीले जानकारी दिएका छन /रासस

प्रतिक्रिया दिनुहोस्
MBL