Logo

जापान उडानका लागि पुनः टिकट बुकिङ खुल्यो, भदौं १२ गते निगमको पहिलो उडान

जापान उडानका लागि पुनः टिकट बुकिङ खुल्यो, भदौं १२ गते निगमको पहिलो उडान



काठमाडौं । नेपाल वायुसेवा निगमले जापान उडान भर्नका लागि पुनः टिकट बुकिङ खुला गरेको छ । निगमले यस अघि असार १९ गते काठमाडौंबाट जापानको ओसाका उडान भर्ने तालिका सार्वजनिक गरेको थियो ।

laxmi

जापानको ‘जापान सिभिल एभिएसन ब्युरो’ जेक्यावले नेपाल वायु सेवा निगमलाई जापान उडान भर्न सहमति दिएसँगै निगमले भाडादर तयर गर्दै टिकट बुकिङ खुला गरेको थियो । तर, उक्त उडानका लागि टिकट बुकिङका नभएपछि नगिमले उडान रद्द गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय जापान उडान नगरेको सम्बन्धमा विभिन्न सरोकारवाला निकायबाट दबाब आएपछि निगमले पुनः टिकट बुकिङ खुला गरेको हो । निगमले नयाँ टिकट बुकिङ खुला गरेसँगै भदौं १२ गते काठमाडौं–ओसाका उडान भर्ने जानकारी दिएको छ ।

निगमले आगामी दिनमा पनि पुरानै तालिका अनुसार जापानको लागि उडान भर्ने जानकारी दिएको छ । जस अनुसार नेपालबाट जहाज २ः४० बजे उड्ने छ भने ओसाकाबाट जापानको समयअनुसार दिउँसो १ः५५ मा उडान भर्नेछ । हाल छोटो दुरीको उडान गर्दै आईरहेको निगमको वाईडबडी जहाज एक बर्ष पछि जापानमा उडान गर्ने भएको छ ।

निगमका अनुसार वाइडबडीले साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार ओसाका उडान भर्नेछ । निगमले यस अघि जापानकै नारिता विमानस्थलमा समेत आफ्नो उडान भर्न अनुमति माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL