Logo

नेपाल एयरलाईन्सको स्पष्टिकरण, भ्रामक सुचना प्रकाशित गर्दै निगमलाई क्षति पुर्याइयो

नेपाल एयरलाईन्सको स्पष्टिकरण, भ्रामक सुचना प्रकाशित गर्दै निगमलाई क्षति पुर्याइयो



काठमाडौं । नेपाल वायुसेवा निगमले आईतबार विभिन्न संचारमाध्यममा प्रकाशित भएका सुचनाको विषयलाई लिएर स्पष्टिकरण दिएको छ । निगमको दिल्ली उडानमा हेलचेक्राई भएको भन्दै समाचार प्रकाशित भएपछि निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै त्यसको खण्डन गरेको हो । निगमले आफ्नो विज्ञप्तीमार्फत आईतबार प्रकाशित भएका विभिन्न समाचारहरु निगमका विरुद्ध भ्रामक तथा कपोकल्पित समाचार भएको बताएको छ ।

‘निगमले सुरक्षालाई प्राथमिकतामा राखी सेवा दिँदै आईरहेकोमा कुनै दोषविनै भ्रामक समाचार प्रकाशित गरिँदा निगमले ठुलो घाटा वेहोर्ने देखिन्छ,’ निगमको सुचनामा उल्लेख छ । सुरक्षालाई प्राथमिकतामा राखी सेवा दिदैं आएको भएपनि कतिपय संचार माध्यमहरुमा तथ्यहीन समाचार संप्रेषण भई भ्रम सिर्जना गर्ने प्रयास गरिएकामा निगमले आपत्ती जनाएको छ ।

विभिन्न अनलाईन मिडियामा जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको आरए–२०५ एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी समाचार प्रकाशित भएको थियो । सोही अनुसार निगमले उक्त समाचारका कारण नै निगमको व्यवसायमा ठूलो क्षति पुग्ने जानकारी दिएको छ ।

निगमका अनुसार उडानको क्रममा आइआरएस जहाजको पोजिसन र नेभिगेसन सिष्टममा ठीक भए÷नभएको देखाउने कम्प्यूटर डाटावेस प्रणाली सुचारु गरेर नै टयाक्सीवेमा लगिएको थियो । तर विभिन्न अनलाईन मिडिया हरुले भने ट्याक्सी–वेमा नै रोकेर आइआरएस सुचारु गरेको भन्दै भ्रामक सुचना प्रसारण गरेको निगमले जानकारी दिएको छ ।

‘निगमका पाइलटहरु आफ्नो दायित्व प्रति पूर्ण सचेत हुनुका साथै पूर्ण दक्ष भएकोले ट्याक्सी–वेमा आफ्टर स्टार्ट चेक लिष्ट र फ्लाइट कन्ट्रोल चेक गर्नको लागि केही समय रोकिएको थियो,’ निगमको सुचनामा उल्लेख छ, ‘यसमा प्रि फ्लाईट चेक लिष्ट र एसओपी पूर्णरुपमा पालना गरिएको जानकारी गराउँदछौं ।’

एटीसीले ट्याक्सी गरिराखेको वेलामा जहाज ११ डिएमईमा आउँदैछ, तपाईहरु छिटो टेकअफ गर्न सक्नुहुन्छ भनेर अनुरोध गर्दा पाइलटले जहाज अवतरण गरे पछि मात्र हामी उडान गछौं भन्ने जानकारी गराइएको पनि निगमले जानकारी दिएको छ । जसमा २ देखि ३ मिनेट ट्याक्सी–वेमा होल्डमा परेकोमा संचारमाध्यमहरुले अन्यथा भनेर प्रकाशित गरेको निगमको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL