Logo

हिमालयन ट्राभल मार्ट आज सम्पन्न हुँदै, आईतबार बीटुबी मार्फत खरिद बिक्री

हिमालयन ट्राभल मार्ट आज सम्पन्न हुँदै, आईतबार बीटुबी मार्फत खरिद बिक्री



काठमाडौं । नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आज सम्पन्न हुँदैछ ।

laxmi

पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने उद्देश्य सहित उक्त मार्टको आयोजना गरिएको हो ।

३० देशका खरिदकर्ता र नेपाल लगायत ६ ओटा देशको ५४ बिक्रीकर्ताको जमघट भएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन ‘पाटा’ नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताएका छन ।

नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वभरिका संचारमाध्यमलाई समेत सामेल गरी भ्रमण बर्ष २०२० लाई प्रचार प्रसार गर्न छलफल गरेको जानकारी दिएका छन ।

जस्ले गर्दा भ्रमण बर्षको प्रचार प्रसार भित्रि रुपमा नभई अन्तरराष्ट्रिय रुपमा प्रचार भई भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने आयोजकको विस्वास रहेको छ ।

सो मेलामा आईतबार व्यवसायीसँग व्यवसायी ‘बीटुबी’ मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र ६ मुलुक ‘नेपाल’ भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड बाट ५४ विक्रेता कम्पनी तथा संस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL