Logo

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा, नमूना ठमेल निर्माण गर्ने राणको दाबी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा, नमूना ठमेल निर्माण गर्ने राणको दाबी



काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाश नरसिंह राणा निर्वाचित भएका छन । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दै राणा निर्वाचित भएका हुन ।

laxmi

समितिको उपाध्यक्षमा राजुमान डंगोल, भविश्वर शर्मा, गीता गुरुङ निर्वाचित भएका छन । त्यस्तै महासचिव धुव्र अधिकारी निर्वाचित भएका छन भने सचिवमा बद्रि प्रसाद तिमिल्सिना र कोषाध्यक्षमा पुण्यराम लगेजु निर्वाचित भएका छन । १५ सदस्यीय कार्या समितिको सदस्यमा भने ८ जना रहेका छन ।

सदस्यहरुमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ रहेका छन ।

अध्यक्ष राणाले ठमेललाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताएका छन । उनले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लागि पर्ने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL