Logo

त्रिभुवन विमानस्थलको रिमोट पार्किङ संचालनमा, ३ न्यारोबडी जहाज पार्किङमा राख्न सकिने

त्रिभुवन विमानस्थलको रिमोट पार्किङ संचालनमा, ३ न्यारोबडी जहाज पार्किङमा राख्न सकिने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रिमोट पार्किङ क्षेत्र संचालनमा ल्याएको छ । मंगलबार बेलुका नेपाल वायुसेवाको जहाज पार्किङमा राखी संचालनमा ल्याइएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

laxmi

हाल सो विमानस्थलको ३ हजार मिटर लामो रनवेको केन्द्र भाग देखी दायाँ बाँया १० मिटरपीचको काम समेत सम्पन्न गरी सकेको छ । करिब २ हजार मिटर भन्दा बढी रनवे पीचको काम सम्पन्न भईसकेको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेशनले रनवेको काम सम्पन्न गरी ट्याक्सी वेको काम सुरु गर्ने छ ।

विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा न्यारोबडी क्षमताका ३ र एटिआर ७२ जहाज एउटा पार्किङ गरेर राख्न सकिने क्षेत्रीले जानकारी दिएका छन ।

नयाँ पार्किङसहित आन्तरराष्ट्रिय पार्किङ वे को संख्या ११ पुगेको छ । क्षेत्रीका अनुसार पार्किङ क्षेत्र निर्माण भएसँगै विमानस्थलको चाप व्यवस्थापनमा सहज हुने छ । यसअघि पार्किङको समस्याका कारण पनि विमानस्थलमा जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका थिए ।

एक मात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ । विमानस्थलको दक्षिणपूर्वी क्षेत्रमा समेत नयाँ पार्किङ वे निर्माण भइरहेको छ । यसमा पनि दुई वाइडबडी जहाज राख्न सकिने विमानस्थलले जानकारी दिएको ।

प्रतिक्रिया दिनुहोस्
MBL