Logo

जलपर्यटनलाई प्राथमिकता दिन सरोकारवालाको माग, सम्भावित क्षेत्र खोजी गर्न आग्रह

जलपर्यटनलाई प्राथमिकता दिन सरोकारवालाको माग, सम्भावित क्षेत्र खोजी गर्न आग्रह



काठमाडौं । नेपालमा जलक्षेत्रको पर्यटन र सहासिक खेलबारे अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । बुधबार मनाइने विश्व वातावरण दिवसको अवसरमा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

laxmi

नेपाल वाटर स्पोर्ट एण्ड पावर बोट एसोसिएसनको आयोजना तथा अन्य सरोकारवाला निकायको समन्वयमा भएको उक्त कार्यक्रममा जल पर्यटनको सम्भावना भए पनि राज्यले परम्परागत पर्यटन प्रवर्द्धनमा मात्र ध्यान दिएको सरोकारवालाहरुले जानकारी गराएका छन ।

सांसद भवानी खापुङले नेपालमा जल पर्यटनको क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको खोजी नभएको र यसका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी निकायलाई सम्भावनाको खोजीका लागि पहल गर्न आग्रह गरेका छन । उनले भने, ‘हेर्दा सामान्य लाग्ने, तर गम्भीर सम्भावनाको यो क्षेत्रलाई निकै चासोका साथ संसदीय समिति र अन्य क्षेत्रमा नीतिगत हिसावले उठाउने छु ।’

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने सम्भावना भएका र साहसिक तथा पर्यटकीय खेलकुदको विकासका लागि आवश्यक पहल गर्ने बताए ।

त्यसै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव विर्ष वहादुर शाहीले नेपालको पर्यटन
प्रवर्द्धनको लागि वन क्षेत्रको महत्वपुर्ण भूमिका रहे पनि पुराना ऐन, नियम, कानुन बन, प्रकृति र पर्यटनको लागि सहयोगी नभएकाले त्यसको शंशोधन गरी वन क्षेत्रवाट पर्यटनको प्रवद्र्धन गर्न आफूहरु तयार रहेको वताएका छन ।

नेपालमा जल क्षेत्रको अध्ययन र विश्वब्यापी सम्भावना खोजी, आवश्यक कामको सहजीकरण र
प्रवर्द्धन गर्नको लागि नेपाल वाटर स्पोर्ट एन्ड पावर बोट एसोसिएसन हालै गठन भई नासा फाउन्डेसन, माउन्टेन स्पोर्ट एसोसिएसन, राष्ट्रिय खेलकुद परिषद् लगायत क्षेत्रसँग जल र सहासिक खेलमा सहकार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL