Logo

त्रिभुवन विमानस्थलको रिमोट पार्किङ क्षेत्रको काम सकियो, ३ दिन भित्रै जहाज राखेर उद्घाटन

त्रिभुवन विमानस्थलको रिमोट पार्किङ क्षेत्रको काम सकियो, ३ दिन भित्रै जहाज राखेर उद्घाटन



काठमाडौं । यही अप्रिल १ देखी सुरु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रनवे पीचको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार उक्त विमानस्थल रिमोट पार्किङ एरियाको सबै काम सम्पन्न भएको छ ।

laxmi

उनले भने, ‘रिमोट पार्किङ क्षेत्रको काम सम्पन्न भईसकेको छ, ३ दिन भित्रै जहाज राखेर उद्घाटन गर्ने छौं ।’ विमानस्थलको ३ हजार मिटर लामो सो रनवेको केन्द्र भाग देखी दायाँ बाँया १० मिटरको काम समेत सम्पन्न गरी सकेको छ ।

करिब २ हजार मिटर भन्दा बढी रनवे पीचको काम सम्पन्न भईसकेको छ । जुन ३० भन्दा अगाडीनै सम्पन्न गर्ने लक्ष्यका साथ काम तीब्र गतिमा भईरहेको समेत विमानस्थलले जानकारी दिएको छ ।

क्षेत्रीका अनुसार चिनियाँ ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेशनले रनवेको काम सम्पन्न गरी ट्याक्सी वेको काम सुरु गर्ने छ । तर मौसमले कति साथ दिन्छ भन्नेमा भर पर्ने उनको भनाई थियो । मौसमले साथ दिएको खण्डमा ट्याक्सी वेका काम पनि समयमै सकिने छ ।

त्यस्तै रनवे र ट्याक्सी वे जोडने ‘वे’ को काम समेत तीब्र गतिमा अघि बढीरहेको क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL