Logo

हिमाल आरोहणका क्रममा मृत्यु हुनेको संख्या ४३ जना, विभागसँग छैन आधिकारिक तथ्याङ्क

हिमाल आरोहणका क्रममा मृत्यु हुनेको संख्या ४३ जना, विभागसँग छैन आधिकारिक तथ्याङ्क



काठमाडौं । हिमाल आरोहणको क्रममा मृत्यु हुनेहरुको संख्या हाल सम्म ४३ जना पुगेको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागको तथ्याङ्क अनुसार २०१९ मा मात्रै १७ जनाले आरोहणको क्रममा ज्यान गुमाएका छन । त्यस्तै २०१८ मा ४ जना, २०१७ मा ५ जना २०१६ मा ५ र २०१५ मा १२ जना गरी ४३ जनाको मृत्यु भएको विभागले जानकारी दिएको हो ।

विभागका अनुसार चीनतर्फको बाटो हुँदै गएको र सो क्षेत्रमा मर्ने हरुको संख्या भने नरहेको जानकारी दिएका छन । सर एडमण हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वप्रथम सन १९५३ मे २९ मा सगरमाथाको आरोहण गरे पछि सबैको लागि उक्त हिमाल खुला गरिएको थियो ।

१९५३ देखी २०१९ सम्म आईपुग्दा बिभिन्न हिमाल आरोहणको क्रममा सयौं जनाले ज्यान गुमाए पनि विभागले भने २०१५ देखी मात्रै तथ्याङ्क संकलन गरेको छ । हाल सम्ममा सगरमाथाको सफल आरोहण गर्नेको संख्या मात्रै करिब ५ हजार जनाको हाराहारीमा रहेको सम्बद्ध बिज्ञहरु बताउँछन तर विभागसँग भने सो को समेत कुनै तथ्याङ्क छैन ।

२०१९ को मे सम्ममा २० जनाको मृत्यु भए पनि पर्यटन विभागसँग भने १७ जनाको मात्रै मृत्यु भएको वा हराईरहेको तथ्याङ्क रहेको छ । २०१९ मा मृत्यु हुने वा हराउनेहरुमा ७ जना भारतीय रहेका छन भने अन्य इङ्गल्याण्ड, बुल्गेरीया, चिली, मलेसिया, अमेरिका र नेपालका रहेका छन ।

मृतक नेपाली भने चीनको बाटो हुँदै सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएकाले विभागले सो को तथ्याङ्क नराख्ने बताएको छ । कनचनजंघा, मकालु, सगरमाथा, लोत्सेलगायतका हिमाल आरोहणका क्रममा उनिहरुको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

तर सगरमाथा लगायतका अन्य हिमाल आरोहण गर्ने आरोहीहरुले भने आरोहणको क्रममा मर्नेको संख्या ५ सय भन्दा बढी हुन सक्ने बताएका छन । शबमाथी पाईला टेक्दै हिँड्नु पर्छ कसैले कुनै तथ्याङ्क राख्ने काम अहिले सम्म गरेको छैन ।

मृत्यु हुनेहरुको संख्या विभागसँग भए पनि विगतका बर्षहरुमा के कति संख्यामा मृत्यु भयो वा हराईरहेको छ भन्ने तथ्याङ्क भने सम्वन्धित निकायसँगै नै छैन । महानिर्देशक डण्डुराज घिमिरे आईसके पछि मात्रै उक्त तथ्याङ्क संकलन गरेको विभागले जानकारी दिएको छ ।

विगतका बर्षहरुमा मृत्यु भएको वा हराईरहेको तथ्याङ्क खोज्ने काम समेत सुरु गर्ने तयारीमा रहेको महानिर्देशक घिमिरेले जानकारी दिएका छन । तर हामीलाई अहिले काम गर्न गाह्रो भईरहेको छ । उनले भने, ‘म आउनु अघि ७७ जनाको दरबन्दी रहेको यस विभागमा अहिले २४ जनाको मात्रै दरबन्दी रहेको छ कसरी काम गर्न सक्छौं ।’

उनका अनुसार सरकारले दरबन्दी घटाएका कारणले पनि विगतको तथ्याङ्क निकाल्न गाह्रो भईरहेको छ । उनले भने, ‘कागजी फाईलमा विगतका तथ्याङ्क होला तर अहिले मैले यो संख्यामा हराईरहेको छ वा मृत्यु भएको छ भनेर भन्न सक्ने अवस्थामा छैन ।

प्रत्येक फाईलको प्रत्येक पन्ना खोजेर हेर्नु पर्छ हामी विस्तारै ति तथ्याङ्क खोज्ने तयारीमा छौं विगतको तथ्याङ्क भने अहिले दिन सक्दिन तर म आईसके पछिको तथ्याङ्क भने सबै दिन सक्ने घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL