Logo

राजमार्गमा आकस्मिक हवाई अवतरण गर्न सकिने, सबै आन्तरिक विमानस्थलबाट रात्रीकालिन उडान

राजमार्गमा आकस्मिक हवाई अवतरण गर्न सकिने, सबै आन्तरिक विमानस्थलबाट रात्रीकालिन उडान



काठमाडौं । सरकारले आन्तरिक विमानस्थलहरुलाई स्तरोन्नती गरी ठूला विमान उडान अवतरण गर्न सक्ने गरी स्तरोन्नती गर्ने भएको छ ।

बुधबार बजेटमार्फत आन्तरिक विमानस्थलहरुलाई स्तरोन्नती गरी ठूला विमानहरुलाई अवतरण गर्ने गरी बजेट ल्याएको डा. युवराज खतिवडाले जानकारी दिएका छन ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा ब्यवस्था गरेबमोजिम आकस्मिक अवस्थामा राजमार्गको दायाँबाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाउने भएको छ ।

सरकारले रात्रीकालिन उडान नहुने आन्तरिक विमानस्थलहरुमा समेत रात्रीकालिन उडान गर्ने गरी स्तरोन्नती गर्ने भएको छ । त्यस्तै सुर्खेतमा नयाँ विमानस्थल निर्माण हुने भएको छ । राजधानी नजिकको जिल्लामा विमानस्थल निर्माणको लागि आवश्यक तयारी गर्ने भएको छ ।

यसैगरी पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको लागि ३ अर्ब ३४ करोड रुपैयाँ वजेट विनियोजन गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा अगाडी बढाउने भएको छ । बजेटमार्फत सरकारले निजगढ विमानस्थललाई समेत अगाडी बढाउने गरी हवाई क्षेत्रका लागि १५ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा समेत समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL