Logo

सगरमाथामा ट्राफिक जाम हुँदा २० को मृत्यु, शनिबार मात्रै २ जनाको निधन

सगरमाथामा ट्राफिक जाम हुँदा २० को मृत्यु, शनिबार मात्रै २ जनाको निधन



काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम हुँदा हाल सम्ममा २० जनाको मृत्यु भएको छ । सगरमाथा चढ्ने र झर्ने आरोहीहरुका लागि एउटै डोरीको व्यवस्था भएको हुँदा त्यहाँ ट्राफिक जाम हुने गरेको र सोही कारण मृत्यु हुने गरेको सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन ।

सगरमाथा आरोहण गर्नेको भिड लागे पछि भएको ट्राफिक जाममा परेर बिहीबार भारतीय नागरिक कल्पना दास र नाहिल बागवानको मृत्यु भएको थियो । यो सिजनको शनिबार विहान सम्ममा सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । पर्यटन विभागका अनुसार शनिबार विहान मात्रै २ जनाको मृत्यु भएको हो ।

विभागका अनुसार ट्राफिक जाम हुँदा एकै स्थानमा धेरै बसिरहँदा शारीरिक समस्या देखिएकाले उनिहरुको मृत्यु भएको हो । त्यस्तै शनाखत नभएका अस्ट्रेलियन नागरिक भने सगरमाथाको तिब्बती भागतर्फ मृत्यु भएको जानकारी प्राप्त भएको विभागले जानकारी दिएको छ ।

यो वर्ष सगरमाथा चढ्ने अनुमति लिई त्यस तर्फ जानेको संख्या ३ सय ८१ जना रहेको छ । यसवर्ष सगरमाथाको अवस्था पहिलेकोभन्दा खराब भएकाले धेरै संख्यामा मृत्यु हुन पुगेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL