Logo

पहिलोपटक पर्यटन व्यवसायी र भ्रमणवर्ष सचिवालयबीच छलफल, पर्वतारोहणमा आउने पर्यटकलाई फ्री भिसा

पहिलोपटक पर्यटन व्यवसायी र भ्रमणवर्ष सचिवालयबीच छलफल, पर्वतारोहणमा आउने पर्यटकलाई फ्री भिसा



काठमाडौं । भ्रमण वर्ष २०२० सचिवालयले पहिलो पटक पर्यटन व्यवसायीसँग छलफल गरेको छ । भ्रमण वर्षको राष्ट्रिय संयोजक तोकिएपछि पहिलो पटक सचिवालयले शुक्रबार व्यवसायीहरुसँग छलफल गरेको हो ।

सचिवालयको कार्यालय केशरमहलमा भएको छलफलमा भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले २० लाख पर्यटक भित्र्याउने उदेश्यसहित विभिन्न गन्तब्यमा सीधा हवाई उडानका लागि समन्वय थालिएको बताए ।

बैद्यले भ्रमण वर्ष सरकारको मात्र नभई हामी सबैको भएकाले सफल पार्न सबैको भुमिका त्यतिकै रहने भएकाले सबैले सहयोग गर्नु पर्ने बताए ।

पर्यटकको चाहनालाई मध्यनजर गर्दै योजना बनाउनका साथै यहाँको वाइल्ड लाइफ सम्वन्धि पनि विशेष जानकारी दिन आवश्यक रहेको नीजि क्षेत्रका ब्यवसायीहरुले सुझाव दिएका छन ।

गैरआवासीय नेपाली संघकी सपिलाराज भण्डारीले भ्रमण वर्ष सफल पार्न विदेशमा नेपालीले संचालन गरिरहेका दुई हजार भन्दा बढी रेष्टुरेन्टमा नेपाली रैथाने परिकार राखेर प्रवर्द्धनात्मक कार्यक्रम सुरु गरिसकेको जानकारी दिएका छन ।

त्यस्तै व्यवसायी आङछिरीङ शेर्पाले भने पर्वतारोहणमा आउने पर्यटकका लागि फ्रि भिसा दिन सरकारसँग माग गरेका छन ।

पर्यटन सचिव मोहनकृष्ण सापकोटाले पूर्वाधार विकासमा केन्द्रित भएर भ्रमण वर्षलाई सफल बनाउन सरकार लागिरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL