Logo

बुधबार मात्रै ८० जनाले गरे सगरमाथाको सफल आरोहण, लोत्से हिमाल आरोहण गर्नेको संख्या ४०

बुधबार मात्रै ८० जनाले गरे सगरमाथाको सफल आरोहण, लोत्से हिमाल आरोहण गर्नेको संख्या ४०



काठमाडौं । बुधबार मात्रै ८० जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ ।

laxmi

विभागका अनुसार हाल सम्म सगरमाथाको सफल आरोहण गर्नेको संख्या ३ सय ४० जना रहे पनि बुधबार मात्रै उक्त संख्यामा सगरमाथाको सफल आरोहण भएको छ ।

त्यस्तै लोत्से हिमालको सफल आरोहण गर्ने आरोहीको संख्या ४०, कन्चनजंघा ४०, मकालु ३५ अन्नपूर्ण पहिलो २५, धौलागिरी हिमाल आरोहण गर्नेको संख्या ६ जना रहेको विभागले जानकारी दिएको छ ।

अन्य हिमाल आरोहणको तथ्याङ्क भने विभागसँग हाल नआईसकेको र केही समय पछि मात्रै दिन सकिने विभागका प्रशासन शाखाका निर्देशक मिरा आचार्यले जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL