Logo

पर्यटन बोर्डले टुरिजम स्याटेलाईट एकाउन्ट स्थापना गर्दै, युएनडीपीसँग गर्याे सम्झौता

पर्यटन बोर्डले टुरिजम स्याटेलाईट एकाउन्ट स्थापना गर्दै, युएनडीपीसँग गर्याे सम्झौता



काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकको एकिन तथ्याङ्क राख्नका लागि संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा टुरिजम स्याटेलाईट एकाउन्टको स्थापना गर्ने भएको छ ।

बोर्डले मंगलबार एक कार्यक्रमकाबीच दिगो पर्यटन तथा टुरिजम स्याटेलाईट एकाउन्ट विकास गर्नका लागि यूएनडिपीसँग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार युएनडिपीले बोर्डलाई पर्यटकको तथ्याङ्क भरपर्दाे बनाउन तथा पर्यटनमार्फत रोजगारीको सिर्जना गरी जिविकोपार्जनमा सहयोग पुग्नेछ ।

सो सम्झौताले पर्यटनमा नेपालको अर्थतन्त्रमा के कसरी असर गर्छ तथा अवसरको सिर्जना कसरी गर्छ भन्ने कुराको खोजी गर्न उत्प्रेरित गर्ने देखिन्छ । उक्त एकाउन्टका लागि फ्रेमवर्कको प्राविधिक पक्षमा भने संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व पर्यटन संगठन (युएनटिओ) ले गर्नेछ भने फण्डिङ युएनडीपीले गर्ने बताईएको छ ।

टुरिजम स्याटेलाईट एकाउन्ट पर्यटन क्षेत्रले कुनै देशको अर्थतन्त्रमा पारेको प्रभावको बारेमा लेखाजोखा राख्ने विधि हो । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, केन्द्रिय तथ्याङ्क विभाग लगायतका तथ्याङक उपलब्ध गराउने मन्त्रालयसँग यसको प्रत्यक्ष सम्बन्ध रहन्छ ।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र युएनडीपी नेपालका आवाशिय प्रतिनिधि आसानीमेडागांगोडा लेबले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL