Logo

आरोही कामीरिता शेर्पाको नयाँ कीर्तिमान, एक हप्तामै दुई पटक सगरमाथाको आरोहण

आरोही कामीरिता शेर्पाको नयाँ कीर्तिमान, एक हप्तामै दुई पटक सगरमाथाको आरोहण



काठमाडौं । हिमाल आरोही कामीरिता शेर्पाले सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेको छ ।

उनले यस अघि आफैंले बनाएको २३ औं विश्व रेकर्डलाई तोडदै २४ औं पटक सगरमाथाको आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन ।

शेर्पाले मंगलबार बिहान साढे ६ बजे सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेका हुन । यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३ औँ पटक सगरमाथा आरोहण गरेका थिए । उनले एक हप्ताको अवधिमानै सगरमाथाको दोस्रो पटक सफल आरोहण गरेका हुन ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते देखी सुरु भएको थियो । ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर विश्राम लिने यस अघिनै बताई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL