Logo

४ महिनामा भित्रिए साढे ४ लाख पर्यटक, कुन देशबाट कति

४ महिनामा भित्रिए साढे ४ लाख पर्यटक, कुन देशबाट कति



काठमाडौं । २०१९ को पहिलो ४ महिनामा ४ लाख ४५ हजार १ सय ९ जना पर्यटक नेपाल भित्रिएका छन । २०१८ को सोही अवधिमा नेपाल भित्रने पर्यटकको संख्या भने ३ लाख ८६ हजार ३० जना रहेको छ ।

laxmi

अध्यागमन विभागका अनुसार सार्क मुलुकबाट भित्रने पर्यटक मध्ये भारतबाट मात्रै ६० हजार ४ सय ३८ जना रहेको छ भने सबै भन्दा कम पाकिस्तानबाट १२ सय ५७ जना रहेको छ ।

एशियाकै अन्य मुलुक मध्ये चीनबाट सबै भन्दा बढी ६४ हजार ५ सय ७८ जना पर्यटक नेपाल भित्रिएका छन भने सबै भन्दा कम सिंगापुरबाट २ हजार ६ सय ६९ जना रहेका छन । २०१८ को सोही अवधिमा चीनबाट ५३ हजार ५ सय २८ जना रहेको थियो भने सिंगापुरबाट २ हजार ३ सय ६७ जना रहेको थियो ।

त्यस्तै युरोपियन मुलुकबाट भने सबै भन्दा बढी बेलायतबाट २२ हजार ७ सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन भने सबै भन्दा कम नर्वेबाट १ हजार २ सय ६४ जना पर्यटक नेपाल भित्रिएका छन । २०१८ को सोही अवधिमा भने बेलायतबाट २१ हजार ९ सय ५० जना नेपाल भित्रिएका छन भने चेक गणतन्त्रबाट १ हजार १ सय ८७ जना नेपाल भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

अष्ट्रेलिया र न्युजल्याण्डबाट नेपाल भित्रने पर्यटकको संख्या भने २०१८ को भन्दा २०१९ मा १ सय ९१ ले घट्न पुगेको छ । २०१९ को पहिलो चौमासिकमा उक्त देशबाट नेपाल भित्रने पर्यटकको संख्या १४ हजार ४ सय मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL