Logo

कामीरिताले तोडे आफ्नै विश्व रेकर्ड, २३ औं पटक चढे सगरमाथा

कामीरिताले तोडे आफ्नै विश्व रेकर्ड, २३ औं पटक चढे सगरमाथा



काठमाडौं । साहसिक आरोही कामीरिता शेर्पाले २३ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन । उनले आफ्नै रेकर्ड तोड्दै बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन ।

सगरमाथा आरोहणको कीर्तिमानी हालसम्म शेर्पाको नाममा नै रहेको छ । उनले यस अघि २२ औं पटक सगरमाथा चढेको आफ्नै विश्व रेकर्ड तोड्दै बुधबार २३ औं पटक सगरमाथाको सफल आरोहण गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।

कामीरिता पछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा र फुर्वातासी शेर्पा रहेका छन । उनीहरुले २१ पटक सगरमाथा चढेका छन् । यद्यपि, उनीहरुको नाममा थप कीर्तिमान बन्ने छैन । आरोहणबाटै सन्यास लिइसकेका छन् ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । शेर्पाले २५ औं पटक सगरमाथा आरोहण पछि मात्रै आराम गर्ने बताएका छन ।

त्यस्तै यस बर्ष बिभिन्न हिमाल आरोहण गर्नेको संख्या २४ पुगेको छ । पर्यटन विभागका अनुसार सगरमाथा लगायत कन्चनजंगा, मकालु लोत्से गरी २४ जनाले सफल आरोहण गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL