Logo

भियतनाम–लुम्बिनी हप्तामा १४ उडान, विमानस्थल संचालनको जिम्मा अन्तरराष्ट्रिय कम्पनीलाई

भियतनाम–लुम्बिनी हप्तामा १४ उडान, विमानस्थल संचालनको जिम्मा अन्तरराष्ट्रिय कम्पनीलाई



काठमाडौं । नेपाल भियतनाम हप्तामा १४ उडान हुने भएको छ । नेपालले भियतनाम सरकारलाई हप्तामा १४ उडानगर्न दिने भएको हो । नेपाल सरकारले तोकेको फ्रिक्वेन्सीभित्र रहेर भियतनाम सरकारले नेपालमा सिधा उडानगर्न चाहेको खण्डमा हप्तामा १४ उडान गर्न दिने भएको हो ।

भियतनाम सरकारसँग नेपालको हवाई उडानको लागि पहिले नै प्रारम्भिक सम्झौता भएको र हाल प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणले त्यस्लाई पूर्ण रुप दिन लागेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यबाहक सचिब सुरेश आचार्यले जानकारी दिएका छन ।

२०१९ भित्रै संचालनमा ल्याउने गरी हाल गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनीको निर्माण कार्यलाई तीब्रता दिएको छ । उक्त विमान स्थल तयार भईसके पछि भियतनामबाट मात्र नभई अन्य मुलुकबाट समेत उडानगर्न पाउने आचार्यले जानकारी दिएकाछन ।

उनकाअनुसार विमानस्थल निर्माण कार्य सम्पन्न भईसके पछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अन्य जहाजलाई समेत डाईभर्ट गरि लुम्बिनीमा पठाउने तयारी गरेको छ । जसले काठमाडौंमा हुने हवाई ट्राफिकजामको समस्यालाई समाधान गर्ने मन्त्रालयको विश्वास रहेको छ ।

गौतमबुद्ध विमानस्थल संचालनको जिम्मा अन्तरराष्ट्रिय कम्पनीलाई

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनीको निर्माणकार्य अन्तिम चरणमा पुगेसँगै उक्त विमानस्थल संचालनको जिम्मा अन्तरराष्ट्रिय कम्पनीलाई दिने मन्त्रालयले तयारी थालेको छ ।

केही समय अगाडी अर्थ मन्त्रालयले उक्त विमानस्थल संचालनको लागि दुई विकल्पमा सहमति दिएको थियो । मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत् नै विमानस्थल संचालन गर्ने वा प्रतिस्पर्धामार्फत विदेशी सञ्चालक ल्याएर विमानस्थल सञ्चालन गर्न सक्ने गरी दुई ओटै विकल्प खुला गरेको थियो ।

तर पर्यटन मन्त्रालयले भने प्राधिकरणले अहिलेकै अवस्थामा विमानस्थल संचालन गरेर त्यसलाई नाफामा लैजान नसक्ने भन्दै प्रतिस्पर्धाबाट विदेशी कम्पनी ल्याउने तयारी थालेको हो ।

मन्त्रालयका कार्यबाहक सचिब आचार्यकाअनुसार विमानस्थलको टावर देखी अन्य सबै काम सरकारले नै अनुगमन गर्ने तर विमानस्थल ब्यवस्थापनको जिम्मा मात्रै विदेशी कम्पनीलाई दिने भएको हो । उनले भने, ‘जस्ले विमानस्थल संचालन पछि नाफा कमाउन सकिन्छ त्यसैलाई दिने हो ।’

उक्त विमानस्थल संचालनको जिम्मा विदेशी कम्पनीलाई दिन मत्रिपरिषद्मा फाईल पुगेको र हाल सम्म स्वीकृत भएर नआएको आचार्यले जानकारी दिएका छन । उक्त फाईल मन्त्रिपरिषदबाट स्वीकृत भएर आईसके पछि प्रतिस्पर्धाको लागि ग्लोबल टेण्डर खुलाउने मन्त्रालयको तयारी रहेको छ ।

विश्वविख्यात कम्पनीलाई संचालन गर्न दिँदा भने राजस्वमा बृद्धि हुनका साथै ब्यवस्थापनमा समेत चुस्त राख्न सकिने उनले जानकारी दिए ।

अधिकांश अन्तरराष्ट्रिय विमानस्थलहरुको जिम्मा विदेशी कम्पनीलाई

कार्यबाहक सचिब आचार्यले अन्य मुलुकका अन्तरराष्ट्रिय विमानस्थलहरुको जिम्मा समेत बिदेशी कम्पनीले नै गरिरहेको बताएका छन । सोहीअनुसार नै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनीको जिम्मा पनि विदेशी कम्पनीलाई दिन लागेको हो ।

उनकाअनुसार नयाँनयाँ विमानस्थलहरुको संचालन विश्वका ठूला कम्पनीहरुले नै गरिरहेको छ । जस्तै भारत, भियतनाम, ईन्डोनेसियालगायत अन्यमुलुकले समेत विदेशी कम्पनीमार्फत विमानस्थल संचालनगर्दै आईरहेको छ ।

अन्तरराष्ट्रिय अभ्यास अनुसारनै गौतमबुद्ध विमानस्थल संचालनको जिम्मा विदेशी कम्पनीलाई दिनलागेको आचार्यले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL