Logo

२०१९ भित्रै लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल संचालनमा, त्रिभुवन विमानस्थल २४ सै घण्टा संचालन

२०१९ भित्रै लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल संचालनमा, त्रिभुवन विमानस्थल २४ सै घण्टा संचालन



काठमाडौं । सरकारले २०१९ भित्रै लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने भएको छ । सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०१९ भित्रै उक्त विमानस्थल संचालनमा ल्याउने गरी काम भईरहेको जानकारी दिएको छ ।

laxmi

त्यस्तै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम समेत २०२१ मै संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तिब्र बनाएको राष्ट्रपति बिद्यादेबी भण्डारीले जानकारी दिएकी छन । निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य समेत सुरु गर्ने भएको छ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गरिने भएको छ । काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा, संगीतको प्रवर्द्धन गर्न रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरिनेछ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइनेछ । गत जेठदेखी २१ घण्टा संचालनमा आएको उक्त विमानस्थल हाल रनवे तथा ट्याक्सीवेको स्तरोन्नती गर्न दैनिक राती १० बजे देखी बिहान ८ बजे सम्म १० घण्टा बन्द हुँदै आएको छ ।

सरकारले मौलिक परम्परा र संस्कृति झल्कने गरी सो विमानस्थललाई बुटिक अन्तरराष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गरिने जानकारी दिएको छ । उपत्यका नजिकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल समेत निर्माण गरिने भएको छ । हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलहरूलाई ठूला विमानहरू उडान र अवतरण गर्नसक्ने गरी विकास गर्दै लाने सरकारको लक्ष्य रहेको छ ।

सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तेह्रथुमको चुहानडाँडालगायत हवाई सुविधा नपुगेका सम्भाव्य स्थानमा विमानस्थल निर्माण गरिने जानकारी दिएको छ । त्यस्तै रात्रि उडानको सुविधा नभएका आन्तरिक विमानस्थलहरूमा समेत पूर्वाधार निर्माण गरी रात्रिकालीन उडान सुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL