Logo

हिमाल आरोहीको संख्या बढ्दै, ४८ करोड २३ लाख राजस्व संकलन,

हिमाल आरोहीको संख्या बढ्दै, ४८ करोड २३ लाख राजस्व संकलन,



काठमाडौं । हिमाल आरोहीबाट चालु आर्थिक बर्ष २०७५÷७६ मा ४८ करोड २३ लाख ३२ हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन भएको छ । हिमाल आरोहण गर्ने पर्यटकको बृद्धिसँगै राजस्वमा समेत बृद्धि भएको पर्यटन विभागले जानकारी दिएको हो ।

laxmi

विभागका अनुसार २०७५÷७६ मा हिमाल आरोहण गर्नेको संख्या गत बर्षको तुलनामा बढेको छ । चालु आवको बैशाख ६ गते सम्ममा ७ सय ६२ जनाले आरोहणको अनुमति लिईसकेको छ । जुन गत बर्षको सोही अवधिमा भन्दा १ सय ५० जनाले बढी हो ।

विभागका अनुसार गत बर्षको तुलनामा हाल सम्म सगरमाथा आरोहण गर्ने आरोही मात्रै करिब १ सय जना भन्दा बढी पर्यटक भित्रिएको छ । आव २०७५÷७६ मा सगरमाथा आरोहण गर्ने आरोहीको संख्या ३ सय ६२ जना पुगेको छ भने पछ्याउँदै गरेका लोत्से र मकालुको भने ७७ र ५३ जना रहेका छन ।

गत बर्ष ७१ समुहले विभिन्न हिमालको आरोहण गरेको थियो भने यस बर्ष १८ समुह बढेर ८९ समुहले हिमाल आरोहण गर्ने भएको छ । जस्मा ३ समुह भने नेपालकै रहेको छ । नेपाली ३ समुहको २० जनाले भने सगरमाथा, ग्याल्जेन पिक र कन्चनजंघा हिमालको आरोहण गर्दैछन ।


प्रतिक्रिया दिनुहोस्
MBL