Logo

हिमालयन ट्राभल मार्ट जुन ६ देखी काठमाडौंमा हुँदै, पर्यटन प्रवर्धनमा सहयोग

हिमालयन ट्राभल मार्ट जुन ६ देखी काठमाडौंमा हुँदै, पर्यटन प्रवर्धनमा सहयोग



काठमाडौं । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि सुरु हुने भएको छ ।

काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने उक्त मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटान लगायतका देशहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । त्यस्तै युरोप, अमेरीका, अष्ट्रेलिया, न्यूजिल्याड, रसिया तथा सिआईएस राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरुको सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

उक्त मेला जुन ६ देखी ९ तारीकसम्म संचालन हुने भएको छ । हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तरराष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हुँदै गएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तरराष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरिने भएको छ ।

उनले भने,‘ हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहको छ । जसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।’

हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तरराष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन पर्वद्धनले विश्व सामु चिनाउन पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

जोशीले नेपाल भ्रमण वर्षकोे पूर्व सन्ध्यामा आयोजना हुन गईरहको मार्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सहयोग पुग्ने बताएका छन ।

मार्टको बढ्दो लोकप्रियतालाई कायम राख्दै मार्टको आगामी संस्करणहरुलाई थप सशक्त, प्रभावकारी एवम् फलदायी मार्टको रुपमा आयोजना गर्नका लागि आवश्यक पूर्वतयारी भईसकेको नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले जानकारी दिएका छन ।

मार्टले देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण, लगायत विश्वब्यापी पर्यटन एवम हस्पिट्यालिटी संघसंस्थाहरु, कम्पनीहरु र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आवद्ध ब्यवसायी तथा व्यक्तित्वहरुबीच व्यापार आदान प्रदान गराउने असिमित अवसरहरु प्रदान गराउने छ ।

तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी तथा निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL