Logo

जेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने, मे अन्तिमबाट उडान सुरु

जेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने, मे अन्तिमबाट उडान सुरु



काठमाडौं । जेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने
भएको छ ।

जेट एयरवेज (कम्पनी) आर्थिक संकटमा फ्स्दै गए पछि विश्वभरीबाटै उडान कटौति गरेको छ । कम्पनीले नेपालबाट भने मे ४ सम्मका लागि भन्दै चैत २९ गते देखी आफ्नो उडान रद्द गरेको थियो ।

कम्पनीको जहाज उडान बन्द भएसँगै भारतकै अर्को कम्पनी स्पाइसजेटले उडान सुरु गर्ने भएको छ । कम्पनीका अनुसार मे अन्तिम देखी मुम्बई काठमाडौं उडान सुरु गर्ने छ ।

कम्पनीले सोमबार विज्ञप्ती जारी गर्दै मुम्बई कोलोम्बो, ढाका, रियाद, काठमाडौं र हङकङमा पहिलो पटक उडान गर्न लागेको जानकारी दिएको हो । कम्पनीका अनुसार उक्त नयाँ गन्तब्यमा बोईङ ७३७ एनजी जहाजले उडान गर्ने छ ।

कम्पनीका अनुसार रियाद र काठमाडौं बाहेक अन्य गन्तब्यमा भारतका विभिन्न शहरहरुबाट उडान भरे पनि मुम्बईबाट भने पहिलो उडान गर्न लागेको हो ।

स्पाइसजेटका अध्यक्ष तथा प्रबन्धक निर्देशक अजय सिंहले भने, ‘हामी मुम्बईबाट धेरै लोकप्रिय अन्तरराष्ट्रिय गन्तव्यहरू जोड्न हर्षित छौं, जुन हाम्रो सञ्जालको मुख्य र अभिन्न पक्ष हो जुन सधैँ हाम्रो नेटवर्कको प्रमुख र अभिन्न भाग हो ।’

कम्पनीले यस अघि चेन्नई र मदुरै, कोलकाता ढाका, दुबई दिल्ली, मुम्बई अहमदाबाद, पुणे, कोच्ची, कोझिकोड, मंगलोर, अमृतसर, जयपुर र मदुरै, हङकङ दिल्ली र कोलकाता, हैदराबादबाट उडान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL